प्रधानन्यायाधीशको राजीनमाबारे ओलीको प्रतिक्रिया : कुखुराको अन्डा मन्साएर क्यान्सर निको हुन्छ ?

286

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि मात्रै नभइ न्यायाधीशहरुबारे पनि प्रश्न उठेकाले सबैले राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार सम्पादहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरुबारे धेरै प्रश्न उठिसकेकाले सबैले राजीनामा दिँदा राम्रो हुने बताएका हुन् ।

“न्यायाधीशहरुबारे यत्रा प्रश्न उठिसकेपछि उहाँहरु सबैले राजीनामा गर्नुपर्ने देख्छु,” उनले भने,“कुखुराको अन्डा मन्साएर क्यान्सर निको हुन्छ ? एक जनाले राजीनामा दिएर होला र ?”

उनले विद्वान अधिवक्ताहरुको चालचलन सिक्न लायकको नभएको पनि बताए ।

“अहिले सर्वोच्च अदालत प्राङ्गणमा जे भइरहेको छ त्यो दुःखद छ,” ओलीले भने । उनले टाउकोको औषधि नाइटोमा लगाएर सम्भव नहुने पनि बताए । ‘टाउको दुखेको औषधि नाइटोमा’ प्रधानन्यायाधीशको राजीनामा मागेकोप्रति अमुक व्यक्ति हटेपछि भन्ने तरिका ठिक नभएको ओलीको भनाइ छ ।

उनले सबैले राजीनामा गर्नुपर्ने आफूले देखेको समेत बताए । “उहाँहरु प्रति यत्रो प्रश्न उठिसकेपछि, सेटिङमा सहमत भएर फैसला गरेको देखिएपछि उहाँहरुले त राजीनामा गर्नुपर्ने हो जस्तो लाग्छ मलाई,” ओलीले भने ।

Share This:
सम्बन्धित खबर
Loading...