ओलीले भने,‘रावल कमरेडको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु’

137

काठमााडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीका उपाध्यक्ष डा.भीम रावलको स्नेहपूर्ण सुझावबाट प्रभावित भएको बताएका छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार अल्फाबिटामा आयोजित अन्तरक्रियामा आयोजित सम्पादकहरुसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

“रावल कमरेडको मैले अध्यक्ष नउठेर विश्राम लिए हुन्थ्यो भन्ने सुझाव छ । एमाले लोकतान्त्रिक पार्टी हो । यसमा कुनै प्रकारको तलमाथि हुँदैन । मेरोविरुद्ध उठ्छु भनेर कसैले भन्छ भने मैले उठ्ने टुंगो गरेँ भने मलाई निर्विरोध छोड्न पनि पाइन्छ । चुनौती दिन पनि पाइन्छ । म यसलाई नराम्रो भन्दिनँ । लोकतन्त्रमा चुनौती स्वभाविक कुरा हो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । तपाईं नउठ्दिए हुन्थ्यो भन्दिनँ, उनले भने ।

उनले आफूले अरु नेताहरुलाई यो पदमा उम्मेदवारी दिनुहोस् वा नदिनुहोस् भनेर नभन्ने सुनाए । उनले भने,“दबाब दिने मेरो कुनै मनसाय छैन । म कसैलाई पनि अलिकति दबाब महसुस हुनेखालको कुरा गर्दिनँ । उठ्ने भए भने अरुलाई नउठ्न भन्दिनँ ।”

उनले पार्टीभित्र समझदारी, सहमति र एकता बहुतै महत्वपूर्ण कुरा भएको सुनाए । उनले भने,“यसलाई प्राथमिकतामा राख्नुपर्छ । यसो गर्दा लोकतान्त्रिक अभ्यासलाई अलिकति पनि तलमाथि गर्नुहुँदैन । नजरअन्दाज गर्नुहुँदैन । सहमति हुन्छ वा प्रतिस्पर्धाबीच सहमति हुन्छ भने राम्रो कुरा हो । अध्यक्ष हिसाबले पनि स्वागत गर्छु ।”

Share This:
सम्बन्धित खबर
Loading...