वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने नेम्वाङको घोषणा

88

काठमाडौँ । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा हुने एमालेको १०औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेतासमेत रहेको नेम्वाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताए । चुनाव हुने अवस्था आएको खण्डमा आफूले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताए ।

सर्वसम्मतमै जाने जोड दिएका नेम्वाङले भने,“सर्वसम्मत भएन भने उम्मेदवारी नै दिनेछु ।” नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको समेत बताए ।

गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो । सो पदमा ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’ र नेम्वाङ समेत आकांक्षी भएपछि चुनावको विकल्प नहुने अवस्था देखिएको छ ।

एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...