कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

200

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन् ।

उनलाई रुघाखोकस् र ज्वरो देखिएपछि सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेको नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका थिए ।

जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए ।

उनी पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न गठित स्वास्थ्य समितिका संयोजकसमेत हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...