ओलीजस्तो सक्षम नेतृत्व पार्टीका लागि आवश्यक : बादल

300

काठमाडौँ । नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा आफ्नो पार्टी जनादेशमार्फत् राजकीय सत्तामा फर्किने दाबी गरेका छन् । उनले आगामी महाधिवेशनमार्फत् केपी शर्मा ओली नेतृत्वमा पार्टी पुनः संगठित गर्न चाहेको बताए ।

पार्टीनिकट नेपाल वुद्धिजीवी परिषद्ले सोमबार आयोजना गरेको वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन ‘राजनीतिक बहस र दिशानिर्देश’ कार्यक्रममा बोल्दै उनले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न ओलीजस्ता सक्षम नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।

“हामी चितवनबाट कमरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय समितिको निर्माण गरेर हामी एउटा सक्षम नेतृत्व निमार्ण गर्न चाहन्छौँ,” उनले भने,“र यो देशको जिम्मेवारी त्यो नेतृत्वलाई हामी दिन चाहन्छौँ । १०औँ राष्ट्रिय महाधिवेशनबाट हामी यो सन्देश दिन चाहन्छौँ ।”

पार्टीको १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहेका बादलले एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव रहेको उनको भनाइ थियो ।

उनले स्रोत नखुलेको सम्पत्तिबाट दलाल पुँजीपतिहरुको संरक्षण गर्न लाग परेको सत्तारुण् गठबन्धनबाट मुलुकको संमृद्धि सम्भव नभएको पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...