अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन स्वदेशमै उत्पादित विद्युत्‌को उपयोग गरौँ : राष्ट्रपति भण्डारी

119

काठमाडौँ । विनाशकारी भूकम्पबाट क्षति पुगेको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ ।

शनिबार स्वयम्भूमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त भजन खलःको उद्घाटन गरिन्। विसं १९९४ मा निर्माण गरिएको उक्त खलःमा स्थापनाकालदेखि नै भजनकीर्तन हुँदै आएको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले ज्ञानमाला भजन खलःले ऐतिहासिक विरासत बोकेको र त्यसले समाजलाई जागृत गर्दै आएको बताइन् । रा

ष्ट्रपति भण्डारीले प्रकृति र संस्कृति एकअर्काका परिपूरक भएको उल्लेख गर्दै जनताका आस्थाका रुपमा रहेका मौलिक सांस्कृतिक धरोहरको सम्वर्द्धन गर्न र त्यस वरपरका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण सन्तुलन कायम राख्न आवश्यक रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले आर्थिक उत्पादकत्वमा वृद्धि गर्दै मुलुकको व्यापार घाटा घटाउनुपर्ने धारणा राखिन् । उनले नेपालमा उत्पादित विद्युत्‌को उपयोगका लागि विधुतीय सवारीलाई प्राथमिकता दिनुपर्ने र औधोगिक क्षेत्र स्थापनामा जोड दिनुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले भजन खलः पुनःनिर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...