एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुँदै

424

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) प्रदेश नम्बर २ को सरकारमा सहभागी हुने भएको छ ।

एकीकृत समाजवादीले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनको भनाइ छ ।

भोलि नै एकीकृत समाजवादीबाट सिफारिस भएका मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...