काठमाडौँ ओर्लेलगत्तै प्रचण्डलाई भेट्न पुगे रामदेव

146

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

खुमलटार पुगेर उनीहरूले प्रचण्ड पत्नी सीताको स्वास्थ्यवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार दुवै योग गुरु र प्रचण्डबीच समसामयिक विषयमा संवादसमेत भएको थियो ।

रामदेव र बालकृष्ण योग अध्यात्म सम्बन्धी टेलिभिजन उद्घाटनका लागि नेपाल आएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...