कानुन व्यवसायीको आन्दोलनमा बल प्रयोग, बार अध्यक्ष श्रेष्ठसहित दुईजना अस्पताल भर्ना

303

काठमाडौँ । प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानुन व्यवसायीहरुले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न आग्रह गरेका छन् ।

सर्वोच्च परिसरमा बिहीबार प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

प्रहरीको घेरा तोड्न खोजेपछि कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो । धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम धिमिरे, केन्द्रीय सदस्य प्रकश महर्जन, वरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिए । उनीहरुमाथि प्रहरीले हातपात गरेको कानुन व्यवसायीहरुको भनाइ छ । एकजना डिएसपीको हातमा चोट लागेको छ ।

घाइतेमध्ये बार अध्यक्ष श्रेष्ठ र प्रकाश महर्जनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...