विश्वप्रकाश शर्माको प्रस्ताव : ‘१० प्रतिशत किशोर केन्द्रीय सदस्यको व्यवस्था गरौँ’ [पूर्णपाठ]

128

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘दलमा रुपान्तरणः देशमा रुपान्तरणको अनिवार्य सर्त’ सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका शर्माले युवालाई प्रोत्साहित गर्न केन्द्र र प्रदेश कार्यसमितिमा १० प्रतिशत युवा निर्वाचित हुने व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।

बुधबार चितवनमा भएको कार्यक्रममार्फत ‘दलमा रुपान्तरणः देशमा रुपान्तरणको अनिवार्य सर्त’ शीर्षको ४२ बुँदे अवधारणा पत्र सार्वजनिक गर्दै शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।

“४० वर्ष मुनिका क्रियाशील सदस्यको संख्या करिब ४० प्रतिशत छ, त्यही मात्रामा प्रदेश र महाधिवेशनमा प्रतिनिधि चयन हुँदैछन् । किशोर पुस्ताको नेतृत्व विकासलाई बल पुर्याउन प्रदेश र केन्द्र दुवैको अधिवेशनमा सहभागी हुने ३० या ४० वर्षसम्मका प्रतिनिधिहरु उम्मेदवार बन्न पाउने र आपसमा प्रतिस्पर्धा गर्ने गरी केन्द्रीय समिति र प्रदेश समितिको १० प्रतिशतको संख्यालाई खुला प्रतिस्पर्धाबाट किशोर सदस्यका रुपमा ल्याउँदा त्यसले युवालाई प्रोत्साहित र प्रशिक्षित दुवै गर्ने छ,” शर्माले भनेका छन् ।

प्रवक्ता शर्माले पार्टीको सदस्यता अनलाइनबाटै लिन सकिने व्यवस्था गर्नुपर्ने बताए । उनले राजनीतिक दलको नेतृत्व र सदस्यले आफ्नै खुट्टामा उभिएर राजनीति गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

समय, समाज र निरन्तर बदलिने युवा मनोविज्ञानले दलहरुको आधुनिकीकरण खोजेको भन्दै दलहरु रुपान्तरित हुन नसके प्रणालीमाथि असर पर्न जाने उनको भनाइ छ । सबै दल एउटै ‘भेरियन्ट’ले ग्रसित भन्दै सिद्धान्तमा आधारित संगठनको नीतिलाई व्यवहारिकताको नियतिले गिजोलेको शर्माको अवधारणामा उल्लेख छ ।

दलहरुको रुपान्तरणले सम्बन्धित दललाई मात्र होइन समग्र राजनीतिको रुपान्तरणलाई मार्गप्रशस्त गर्ने भन्दै बदलिएको समाजको मानोविज्ञान बमोजिम कांग्रेसले आफूलाई बदल्नुपर्ने शर्माले बताए ।

‘दलमा रुपान्तरणः देशमा रुपान्तरणको अनिवार्य सर्त’
Share This:
सम्बन्धित खबर
Loading...