छठ पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्ने उपराष्ट्रपतिको विश्वास

77

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

छठका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तराई क्षेत्रमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ संसारकै मौलिक पर्वका रुपमा रहेको बताएका छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष नेपाल विविध धर्म, संस्कार र संस्कृतिले समृद्ध रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले विविधतायुक्त नेपाली संस्कार संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढसमेत गर्दै आएको बताए ।

उपराष्ट्रपति पुनले विश्वव्यापी कोरोना भाइरसको महामारीको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाको नियम पूर्ण पालना गरी छठ मनाउन सबैमा आग्रह गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...