२४ घन्टामा थपिए ११८५ संक्रमित, १२ जनाकाे मृत्यु

काेराेना अपडेट

96

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार १५८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ६७२ आरटी पिसिआर र २ हजार ३३१ एन्टिजेन गरी कुल १४ हजार ३  जनामा परीक्षण गरिएकोमा १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार ४२२ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा, १ हजार २९७ संस्थागत आइसोलेसनमा र ३२८ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३६४ जना र भेन्टिलेटरमा १२० जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार मंगलबार देशभरबाट १ हजार ३१८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ६३ हजार ४३४ पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...