२४ घन्टामा थपिए १४७८ संक्रमित, ६ जनाकाे मृत्यु

273

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ४७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ६७ आरटी पिसिआर र २ हजार ८६३ एन्टिजेन गरी कुल १३ हजार ९३०  जनामा परीक्षण गरिएकोमा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २१ हजार १३९ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा, १ हजार ३३४ संस्थागत आइसोलेसनमा र २४३ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३३४ जना र भेन्टिलेटरमा ११९ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार बुधबार देशभरबाट १ हजार ६३० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ । निको हुने दर ९५.९ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...