परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, शपथ ग्रहण गरेलगत्तै अमेरिका जाने

217

काठमाडौँ । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा.नारायण खड्का नियुक्त भएका छन् ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपतिसमक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने,“परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।” राष्ट्रपति कार्यालयले शपथग्रहण हुने समय तोक्न भने बाँकी रहेको उनले बताए ।

खड्काले आजै परराष्ट्रमन्त्रीको शपथ लिएर आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्ने भएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का आज बेलुकी साढे ८ बजे न्युयोर्क प्रस्थान गर्दै छन् ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा.खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...