एकीकृत समाजावादीको पहिलो केन्द्रीय समिति बैठक बस्दै

249

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै छ ।

क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

गत भदौमा नेपाल एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एस) गठन भएको थियो ।

पहिलो केन्द्रीय समिति बैठकले संगठनको निर्माण, कार्यदिशा र आगामी रणनीति तय गर्ने बताइएको छ । साथै सरकारमा सहभागिता र प्रभावकारिता विषयमा पनि छलफल हुने छ । केही नेताको जिम्मेवारी हेरेफेर गर्ने पनि कार्यसूची छ ।

बैठक बुधबारसम्म चल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...