काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ९५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर १० हजार ७८६ आरटी पिसिआर र ३ हजार ३१ एन्टिजेन गरी कुल १३ हजार ८१७ जनामा परीक्षण गरिएकोमा १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर २२ हजार ३२३ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा, १ हजार ४३२ संस्थागत आइसोलेसनमा र २६४ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३७१ जना र भेन्टिलेटरमा १०८ जना उपचाररत छन् ।
मन्त्रालयकाअनुसार साेमबार देशभरबाट २ हजार ९५७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ५२ हजार १७० पुगेको छ । निको हुने दर ९५.८ प्रतिशत छ ।
पछिल्लो २४ घन्टाको अवधिमा ८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।
