सङ्खुवासभा प्रहरीले भन्योः मादी सामूहिक हत्याकाण्डमा थप कोही पक्राउ परेका छैनन्

249

काठमाडौँ । सङ्खुवासभा जिल्लाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या आरोपमा थप कोही पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले विज्ञप्ति जारी गर्दै उक्त घटनामा थप व्यक्ति पक्राउ गरेको भन्दै केही मिडियामा प्रकाशित सूचना गलत भएको प्रष्ट्याएको हो । सङ्खुवासभा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शुभेश अधिकारीले समाचारप्रति गम्भीर ध्यानकर्षण भएको बताएका छन् ।

“प्रहरीले घटना भएको दिनबाटै घटनास्थलमा बसी अनुसन्धान गरिरहेको र हाल इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको कमाण्डमा खटिएको १० जना प्रहरी टोलीले सो घटना सम्बन्धमा खानतलासी, सोधपुछ, प्रमाण संकलनलगायतको कार्यहरु गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ,“यस घटना सम्बन्धमा प्रहरीले थप कोही कसैलाई नियन्त्रणमा नलिएको कुरा सबैमा जानकारी गराइन्छ ।”

९० वर्षीय बुद्धमान कार्कीको परिवारका उनीबाहेक ६ जना सदस्यको भदौ २१ गते सामूहिक हत्या भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रहरीले हत्यामा संलग्न भए भतिजा लोकबहादुर कार्कीलाई पक्राउ गरी कारबाही अघि बढाइसकेको छ ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...