संसद् विघटन गरेर नयाँ जनादेशमा जानु लोकतान्त्रिक कदम थियो : रायमाझी

207

काठमाडौँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीले तत्कालीन ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर नयाँ जनादेशमा जान खोज्नु लोकतान्त्रिक कदम भएको बताए छन् ।

शनिबार बनेपामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर नयाँ जनादेशमा जानु लोकतान्त्रिक रहेको बताएका हुन् ।

“केपी ओली नेतृत्वको सरकारले जनताप्रति उत्तरदायी थियो । नयाँ जनादेशमा जानु लोकतन्त्र हो । तर, त्यसलाई साथीहरुले प्रतिगमन भने । नयाँ चुनावमा जानु लोकतन्त्र र संविधानको रक्षा गर्नु हो,” रायमाझीले भने ।

उनले नेकपादेखि एमाले फुटाउनलेलाई इतिहासले पनि माफी नदिने उनको भनाइ थियो । अहिले फेरि एमाले फुटाउनका लागि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको प्रति खबरदारी गरे ।

यसैगरी देशमा अब दुईवटा मात्र पार्टी हुने उनले बताए । उनकाअनुसार अब देशमा एमाले र कांग्रेस मात्रै हुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...