काठमाडाैं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ८५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ९ हजार ४०९ आरटी पिसिआर र ३ हजार ७६७ एन्टिजेन गरी कुल १३ हजार १७६ जनामा परीक्षण गरिएकोमा १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरूमध्ये ३३ हजार ८३५ जना होम आइसोलेसनमा, ३ हजार ३१ संस्थागत आइसोलेसनमा र ३४६ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६१५ जना र भेन्टिलेटरमा १७४ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार शनिबार देशभरबाट २ हजार २२२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ । निको हुने दर ९३.७ प्रतिशत छ ।
पछिल्लो २४ घन्टाको अवधिमा २७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।