बुधबार थपिए ३,४०३ संक्रमित, ४२ जनाको मृत्यु

88

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ४०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ८३९ आरटी पिसिआर र ४ हजार ९९९ एन्टिजेन गरी कुल १६ हजार ८३८ जनामा परीक्षण गरिएकोमा ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमितहरूमध्ये ३६ हजार ८०६ जना होम आइसोलेसनमा, ३ हजार ५३२ संस्थागत आइसोलेसनमा र ४५७ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७७० जना र भेन्टिलेटरमा १८६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट २ हजार १०४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ८९ हजार १७३ पुगेको छ । निको हुने दर ९३.१ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...