भूपू गोर्खा सैनिकको अनशनबारे भीम रावलद्वारा सरकारको ध्यानाकर्षण

90

काठमाडौं । नेकपा (एमाले)का सांसद् भीम रावलले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको आमरण अनशनबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले भने,“विभिन्न मागसहित १० दिनदेखि उहाँहरु आमरण अनशनमा हुनुहुन्छ । उहाँहरुको स्वास्थ्य स्थिति बिग्रिएको छ । बेलायती सांसद्हरुले समेत उहाँहरुको मागबारे सचेत गराइसकेको अवस्था छ । सरकारले उच्चस्तरीय वार्ता समिति बनाएर बेलायती सरकारसँग कुरा गर्न आवश्यक छ ।”

सरकारले भूपू गोर्खा सैनिकहरुको आमरण अनसनबारे के भइरहेको छ ? भन्ने सांसद्लाई जानकारी गराउन माग गरिरहेका छन् । समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक भूपू गोर्खा सैनिकले आमरण अनशनमा छन् ।

भोक हड्तालमा भूपू सैनिक ज्ञानराज, पुष्पा घले र धनबहादुर गुरुङ बसेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...