काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सरकारले उद्धार गर्ने दोहोर्याएका छन् ।
सोमबार बिहान समाजिक सञ्जालमार्फत अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक प्रबन्ध मिलाउन निर्देशन गरिसकेको स्मरण गराउँदै उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारले दायित्व गर्ने दोहोर्याए ।
उद्धारका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
“अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,” देउवाले भने,“सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने छ ।”