लुम्बिनीमा माओवादी र कांग्रेसबीच आलोपालो नेतृत्व गर्ने सहमति

107

काठमाडौं । लुम्बिनी सरकारको नेतृत्वका लागि नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति गरेका छन् ।

अब बाँकी रहेको १६ महिना कार्यकालमा उनीहरुले ८–८ महिना नेतृत्व गर्ने सहमति गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि बहुमत रहेका गठबन्धनको सरकार बन्ने पक्का भएकाले कांग्रेस र माओवादी केन्द्रबीच आलोपाले गरी सत्ता सञ्चालन गर्ने सहमति भएको माओवादीका सांसद् सुदर्शन बरालले बताए ।

उनका अनुसार सुरुको ८ महिना माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी र बाँकी समय कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारको नेतृत्व गर्नेछन् । यो विषयमा लिखित सहमति नभएपनि भद्र सहमति भएको बरालले बताए ।

मंगलबार बसेको गठबन्धनको बैठकले यस्तो आन्तरिक सहमति गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए । माओवादी र कांग्रेसले गण्डकी र लुम्बिनीको मुख्यमन्त्री बाँडे पनि लुम्बिनीमा शक्ति सन्तुलन मिलाउन यस्तो गरिएको कांग्रेस नेताहरुको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...