प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

363

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको मन्त्रिपरिषद् बैठकमा आइतबार मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल गर्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्ने छ ।

साथै बैठकमा केही राजनीतिक नियुक्तिबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए । “बैठकका एजेन्डा खुलाइएको छैन । नियमित कामका लागि केही महत्वपूर्ण निर्णय हुन सक्छन्,” ती मन्त्रीको भनाइ छ ।

साथै बैठकमा केही राजनीतिक नियुक्तिबारे समेत छलफल हुनसक्ने एक मन्त्रीले बताए । ‘बैठकका एजेन्डा खुलाइएको छैन । नियमित कामका लागि केही महत्वपुर्ण निर्णय हुनसक्छन्’ ती मन्त्रीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...