लुम्बिनी प्रदेशका प्रवक्ता चौधरी भन्छन्– विश्वासको मत लिन्छौँ

281

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले विश्वासको मत लिने बताएका छन् ।

मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा आर्थिक मामिला तथा योजनामन्त्री चौधरीले विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको र अवैधानिक रहेको आरोप लगाइरहेकाले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने बताए ।

मन्त्री चौधरीले जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने बताए । जसपाकी सांसद् पुर्मती ढेंगा मगरलाई सत्ता पक्षले नलुकाएको दाबी गर्दै मन्त्री चौधरीले सरकार गैरसंसदीय खेलमा नलाग्ने बताए ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति स्वीकृति प्रदान गरेको छ । यस्तै, प्रदेश खेलकुद विकास नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...