२४ घन्टामा थपिए ३११४ संक्रमित, १६ जनाको मृत्यु

324

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार १ सय १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ६ सय २५ आरटी पिसिआर र ४ हजार २ सय ८५ एन्टिजेन गरी कुल १४ हजार ९ सय १० जनामा परीक्षण गरिएकोमा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ५० जना र भेन्टिलेटरमा १ सय ६५ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभरबाट २ हजार १ सय ९७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ४१ हजार ५ सय ६५ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...