सुजिता मृत्यु प्रकरण : दाजु नाता पर्ने पक्राउ

324

चितवन । चितवनको राप्ती–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा उनकै दाजु नाता पर्ने एकजना पक्राउ परेका छन् ।

चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै दाइ नाता पर्ने सचिन भन्ने २३ वर्षीया सुकदेव भण्डारीलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिएको छ । परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि भण्डारीलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख, प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

झापाको झापा गाउँपालिका–६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्म तयारी भएको खुलेको छ । शुकदेव काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि उनीहरु दुईमा विवाद सिर्जना भएको थियो । असार ११ गते बेपत्ता भएकी सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

उनीहरु दुवैजना प्रेममा रहेको र विवाहसम्म गर्ने निर्णयमा पुगेका थिए । पछि हाडनातामै विवाह हुँदा समाजले घृणा गर्ने भन्दै सुकदेवले विवाह गर्न नमानेपछि सुजिताले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिआइबी स्रोतले जानकारी दियो ।

असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...