सरकारसमक्ष गोविन्द केसीले राखे ५ बुँदे माग

370

काठमाडौं । डा.गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका लागि विभिन्न ५ बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

डा. केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि ५ बुँदे माग अगाडि सारेका हुन् ।

डा. केसीले सरकार परिवर्तन भएपछि आफ्ना मागबारे जानकारी दिन र मेडिकल माफियालाई खबरदारी गर्न आवश्यक भएको बताए । उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनका सबै मागहरु पूरा गनुपर्ने उल्लेख गरे । भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न, राजनीतिक भागबण्डाका आधारमा नभइ योग्यता र क्षमताका आधारमा पदाधिकारी नियुक्त हुनुपर्ने उनले बताए ।

२०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले नीति कार्यान्वयनको तयारी तत्काल गर्नुपर्ने, आफूसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

उनले आफ्ना मागहरु पूरा नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रमहरु ल्याउन बाध्य चेतावनी दिए । यमनमा स्वास्थ्य सेवा गरी नेपाल फर्किएपछि डा. केसीले पत्रकार सम्मेलन गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...