यी हुन् एमाले स्थायी कमिटी बैठकको निर्णय [पूर्णपाठ]

399

काठमाडौं । नेकपा एमालेले विवाद समाधान कार्यदलले गरेको दश बुँदे सहमति अनुमोदन गरेको छ । बैठकले सहमति अनुमोदन भएसँगै कार्यदल विघटन गरेको छ ।

शुक्रबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दश बुँदे सहमति ग्रहण गर्दै अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलासँग अब पार्टीले प्रमुख प्रतिपक्षका रुपमा रहेर देश, जनता र लोकतन्त्रको पक्षमा सशक्त र प्रभावकारी भूमिका खेल्ने बताए ।

त्यस्तै, बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

एमाले स्थायी कमिटीको निर्णय
Share This:
सम्बन्धित खबर
Loading...