काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज खोप उपलब्ध गराउने भएको छ ।
शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप १६ लाख खोप अनुदानमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।
यसअघि चीन सरकारले नपाललाई दुईपटक गरी कुल १८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ ।