थप २३९८ जनामा संक्रमण पुष्टि, २०७८ जना काेराेनामुक्त

407

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ३ सय ९८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ५८ आरटी पिसिआर र ३ हजार ९ सय ५४ एन्टिजेन गरी कुल ११ हजार १२ जनामा परीक्षण गरिएकोमा २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ८६ जना र भेन्टिलेटरमा १ सय ८२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख २३ हजार १ सय ५ पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...