११,५२७ नमुना परीक्षणमा भेटिए २,६२२ संक्रमित, २३ जनाको मृत्यु

कोरोना अपडेट

424

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ६ सय २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ४ सय ९९ आरटी पिसिआर र ४ हजार २८ एन्टिजेन गरी कुल ११ हजार ५ सय २७ जनामा परीक्षण गरिएकोमा २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ७१ जना र भेन्टिलेटरमा १ सय ८० जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार सोमबार देशभरबाट २ हजार २ सय ११ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ११ हजार ४ सय २९ पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...