काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ६ सय ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ४ हजार ८ सय ७६ आरटी पिसिआर र ३ हजार २ सय ५६ एन्टिजेन गरी कुल ८ हजार १ सय ३२ जनामा परीक्षण गरिएकोमा १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।
संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ०८ जना र भेन्टिलेटरमा १ सय ८१ जना उपचाररत छन् ।
प्रवक्ता पाैडेलका अनुसार शनिबार देशभरबाट २ हजार २ सय ५२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ९ हजार २ सय १८ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।
पछिल्लो २४ घन्टाको अवधिमा २७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २ सय २५ पुगेको छ ।