‘बाढीपहिरोबाट घरबारविहीन भएका परिवारलाई ५० हजार सहयोग’

313

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोका कारण घरबारविहीन भएका परिवारलाई राहतस्वरुप पहिलो किस्ताका लागि ५० हजार रुपैयाँको दरले सहयोग उपलब्ध गराउने सकारकाले निर्णण गरेको जानकारी गराएका छन् ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले सो जानकारी गराएका हुन् ।

मनसुनजन्य विपद्का घटनाबाट सयौँ परिवार विस्थापित भएको जानकारी दिँदै उनले बाढीपहिरोका बारण अहिलेसम्म ३९ जनाको मृत्यु भइसकेको जानकारी गराए । त्यस्तै, ५०५ निजी घर पूर्णरुपमा क्षति र १ सय १२ घरमा आंशिक क्षति भएको उनले जानकारी दिए ।

यसैगरी ९ वटा विद्यालयको भवनमा क्षति पुगेको पनि उनले बताए । १५ वटा मोटरेबल पुलमा क्षति भएको जानकारी दिँदै गृहमन्त्रीसमेत रहेका पौडेलले तत्काल कार्यायोजना बनाइ क्षति भएका पूर्वाधारको पुनःनिर्माणको काम सुरु भइसकेको बताए ।

जिल्ला विपद व्यवस्थापन समितिले स्थानीय तहसँग समन्वय गरी पुनःस्थापना र उद्धारको काम गरिरहेको मन्त्री पौडेलले बताए । प्रादेशिक विपद् गोदाम घरमा राहत सामग्री भण्डारण गरिएको बताउँदै मन्त्री पौडेलले घरबारविहीनका लागि घरबास पुनःनिर्माणका लागि आवश्यक अनुदान उपलब्ध गराउने व्यवस्था गराएको पनि जानकारी दिए ।

यस वर्ष घरबास गुमाएका ५ सय ७२ घरपरिवारका लागि ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइने प्रक्रिया बढिसकेको पनि मन्त्री पौडेलले बताए । भौगर्भिक अध्ययन प्रतिवेदनका आधारमा जोखिममा रहेका बस्तीलाई स्थानान्तरणको काम गरिने उनले जानकारी दिए ।

बाढीपहिरोबाट पीडितको पुनःस्थापनामा सरकारको तर्फबाट बजेटको अभाव हुन नदिइने बताउँदै अर्थमन्त्री पौडेलले गत वर्ष क्षति भएको घरको पुनःस्थापनाका लागि ३ हजार ९ सय ४९ घरलाई ५० हजार रुपैयाँका दरले पहिलो किस्ता उपलब्ध गराइसकेको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...