थप २,३२८ जनामा संक्रमण पुष्टि,  ३,०६६ जना काेराेनामुक्त

काेराेना अपडेट

425

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ३ सय २८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ५ हजार ८ सय ३७ आरटी पिसिआर र ४ हजार २ सय ९६ एन्टिजेन गरी कुल १० हजार १ सय ३३ जनामा परीक्षण गरिएकोमा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय २७ जना र भेन्टिलेटरमा १ सय ८१ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभरबाट ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ६ हजार ६ सय ६६ पुगेको छ । निको हुने दर ९४.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ९८ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...