२४ घन्टामा ३,४५१ जना कोरोनामुक्त, थपिए २,२९९ संक्रमित

कोरोना अपडेट

428

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार २ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ५ सय ६६ आरटी पिसिआर र ४ हजार ३० एन्टिजेन गरी कुल १० हजार ५ सय ९६ जनामा परीक्षण गरिएकोमा २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ३२ जना र भेन्टिलेटरमा १ सय ८१ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट ३ हजार ४ सय ५१ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ । निको हुने दर ९४ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...