पार्टीको निर्णयबिना देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गैरराजनीतिक चरित्र : प्रधानमन्त्री ओली

389

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयबिना नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने अनि आफूलाई एमाले पनि भन्न नछोड्नु निर्लज्जताको पराकास्ट भएको बताएका छन् ।

एमालेको १३औँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

आफूले पार्टी एकताका लागि देखाएको उदारतालाई कमजोर नठान्न पनि अध्यक्ष ओलीले चेतावनी दिए । वरिष्ठ नेता माधव कुमार नेपालतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफूले सही विचार लिएर अघि बढ्ने तर गलत विचारमा सहमती गरेर नजाने स्पष्ट पारे ।

“आफ्नो पार्टीको सरकार ढालेर शेर बहादुरलाई बोकेर हिँडेको छ । अनि आफूलाई एमाले भन्न पनि छाडेको छैन,” ओलीको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने,“यो एउटा गैरराजनीतिक चरित्र हो ।”

याे पनि पढ्नुहाेस्

‘हजारौँ प्रयासका बाबजुद पार्टी एक हुन नदिन खेल भइरहेको छ’ 

Share This:
सम्बन्धित खबर
Loading...