‘हजारौँ प्रयासका बाबजुद पार्टी एक हुन नदिन खेल भइरहेको छ’

292

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हजारौँ प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे ।

“वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपति कहाँ एमालेकै नामका व्यक्तिहरु गएको लाजमर्दो अवस्थ छ । हजार प्रयासबा बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ,” ओलीले भने ।

ओलीले राष्ट्रपतिको हरेक कमदमा औला उठाएको भन्दै असन्तुष्टि जनाए । ‘निष्कृष्ट तवरमा उर्लिएर राष्ट्रपतिमाथि हरेक ठाउँमा औँला उठाइएको’ टिप्पणी गरे ।

ओलीले सर्वोच्च अदालतका पछिल्ला आदेशप्रति समेत असन्तुष्टि व्यक्त गर्दै यसअघि शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा चुनावी आचारसंहिता लागु भइसकेपछि पनि मन्त्रिपरिषद् गठन भएको र त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको नजिर रहेको समेत उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...