कोरोनामुक्त हुनेको संख्या ६ लाख नाघ्यो, थप २,७६० जनामा संक्रमण पुष्टि

काेराेना अपडेट

375

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ७ सय ६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार १ सय ३० आरटी पिसिआर र ३ हजार ८ सय ५५ एन्टिजेन गरी कुल १० हजार ९ सय ८५ जनामा परीक्षण गरिएकोमा २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय २९ जना र भेन्टिलेटरमा १ सय ८१ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख १ सय ५९ पुगेको छ । निको हुने दर ९३.७ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...