आइओएमको क्याम्पस प्रमुखमा चन्द्रकला शर्मा नियुक्त

459

काठमाडौं । प्राध्यापक चन्द्रकला शर्मालाई महाराजगञ्ज नर्सिङ क्याम्पस (आइओएम)को निमित्त क्याम्पस प्रमुखमा नियुक्त गरिएको छ ।

उपकुलपति कार्यालयको सिफारिस अनुसार शर्मालाई असार १४ गतेदेखि लागु हुनेगरी क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।

निवर्तमान क्याम्पस प्रमुख प्रा. सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि रिक्त हुन आएको क्याम्पस प्रमुखको पदमा शर्मालाई निुक्त गरिएको हो । प्राध्यापक शर्मा यसअघि सोही क्याम्पसमा सहायत क्याम्पस प्रमुख थिइन् ।

प्रा.शर्माले नर्सिङ परिषद्को अध्यक्षको समेत कार्यभार सम्हालेकी छन् । उनी झन्डै ३ दशकदेखि स्वास्थ्य सेवामा आबद्ध छिन् ।

Share This:
सम्बन्धित खबर
Loading...