रेम्डेसिभिरको नेपालमै उत्पादन हुने

208

काठमाडौं । कोरोना भइरस (कोभिड–१९) संक्रमितका लागि उपयोगी हुने रेम्डेसिभिरको उत्पादन नेपालमै हुने भएको छ । औषधि विभागले नेपाली औषधि उद्योग‘नेसनल हेल्थकेयर’लाई उत्पादन अनुमति दिएको छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार गत वैशाख ३१ गते उत्पाद र गत आइतबार बजार इजाजत समेत पाएको जनाएको छ । नेसनल हेल्थकेयरद्वारा उत्पादिन रेम्डेसिभिरको ब्रान्ड नाम ‘रेम्सिभिर’ रहेको र प्रति भायल अधिकतम खुद्रा मूल्य ३ हजार ५ सय रहेको छ ।

रेम्सिभिर नेपालभरिका आफ्ना वितरकहरुमार्फत् उपलब्ध हुने कम्पनीले विज्ञप्तिमा जनाएको छ । रेम्सिभिरलाई अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय (एफडिए)ले कोरोना संक्रमितको उपचारमा आपतकालीन प्रयोग गर्न अनुमति दिइसकेको छ ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...