थप २,४४४ जनामा संक्रमण, ४२ जनाकाे मृत्यु

काेराेना अपडेट

244

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ४ सय ४४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार ६ सय ४८ आरटी पिसिआर र ४ हजार ९ सय९२ एन्टिजेन गरी कुल ११ हजार ६ सय ४० जनामा परीक्षण गरिएकोमा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ५७ जना र भेन्टिलेटरमा १ सय ९३ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार साेमबार देशभरबाट ३ हजार ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ । निको हुने दर ९२.६ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४२ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५१  पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...