थप १,९२० जनामा संक्रमण, काेराेनाबाट मुत्यु हुनेकाे संख्या ९ हजार नाघ्याे

काेराेना अपडेट

426

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ९ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार आरटी पिसिआर र ३ हजार ८ सय ३६ एन्टिजेन गरी कुल ९ हजार ८ सय ३६ जनामा परीक्षण गरिएकोमा १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ६ जना र भेन्टिलेटरमा २ सय  जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार आइबार देशभरबाट ३ हजार ७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ८४ हजार ३ सय ३४ पुगेको छ । निको हुने दर ९२.२ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९  पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...