स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा अक्सिजन बैंक स्थापना गर्ने

428

काठमाडौं । सरकारले केन्द्रदेखि जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७८ मा केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन संचय गरिने उल्लेख छ ।

कार्यविधि अनुसार अक्सिजनको व्यवस्थापन तथ वितरण सहज गर्न संघमा स्वास्थ्य सेवा विभाग, प्रदेश स्वास्थ् आफूर्ति व्यवस्थापन केन्द्र र जिल्लामा स्वास्थ्य कार्यालयको स्टोरमा अक्सिजन बैंक स्थापना गरिने छ ।

यसरी स्थापना गरिने अक्सिजन बैंकमा एकजना स्टोर किपर वा सम्पर्क व्यक्ति राखिने छ, जसलाई अक्सिजन संकलन, भण्डारण, वितरण तथा तिनको अभिलेखको जिम्मेवारी दिइने छ ।

Share This:
सम्बन्धित खबर
Loading...