उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी

778

काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भएको छ । भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।

निषेधज्ञा अवधि थप एक साता लम्बिने भएपनि कुन–कुन क्षेत्रलाई खुकुले तुल्याउने र कुन–कुन क्षेत्रलाई कडाइ गर्ने भन्नेबारे निर्णय नभइसकेको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

आइतबार बेलुका बस्ने उपत्यकाका तीनै सिडिओको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै थप आदेशहरु जारी गर्ने भएका छन् । सार्वजनिक यातायात खुलाउन बवाव आइरहेपनि तत्काल खुला गर्ने आफूहरुको तयारी नरहेको ललितपुरका सिडिओ निरौलाले जानकारी दिए ।

काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले पनि सार्वजनिक यातायात खुलाउन आफूहरु सकरात्मक रहेपनि हतार नगर्ने बताए । “स्वास्थ्य मन्त्रालयको सुझावलाई हेरेर यसबारे निर्णय हुन्छ तर, तत्काल खोलिहाल्ने हाम्रो तयारी छैन,” पराजुलीले भने ।

जारी निषेधाज्ञा असार १४ गते मध्यरातसम्म कायमै छ ।

Share This:
सम्बन्धित खबर
Loading...