भरुवा बन्दुकसहित तीनजना पक्राउ

411

तेह्रथुम । तेह्रथुम लालिगुराँस नगरपालिका–१ भुल्केबाट तीन थान भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय राम बहादुर गुरुङ रहेका छन् ।

शुक्रबार दिउँसो सवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...