सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई सधैँ सम्मान गर्छ : मन्त्री नेम्वाङ

231

काठमाडौं । सहरी विकासमन्त्री वसन्त कुमार नेम्वाङले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्णरुपमा सम्मान गर्ने बताएका छन् ।

शुक्रकार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले विगतमा पनि कानुन र संविधानको पूर्ण पालना गरेको र अब पनि गर्ने उल्लेख गर्दै संसद् विघटनका सम्बन्धमा न्यायपालिकाले गर्ने निर्णय स्वीकार गर्ने बताएका हुन् । राजनीतिक अस्थितरता र संसद्ले नै काम गर्न नसक्ने अवस्था भएपछि अन्तर्राष्ट्रिय अभ्यास तथा राजनीतिक आवश्यकताको सिद्धान्त अनुसार मुलुकलाई स्थिरतातर्फ लैजान संसद् विघटन गरिएको उल्लेख गर्दै उनले सरकार सधैँ स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको स्पष्ट पारे ।

“यो सरकार कानुनी राज्य र कानुनी शासनको, संविधानको सिद्धान्तलाई स्वीकार्छ । कानुनी शासन अन्तर्गत न्यायपालिकाले स्वतन्त्रतालाई, उसको अधिकार क्षेत्रलाई पूर्ण रुपले सम्मन गर्न जान्दछ । सक्दछ र सक्नुपर्दछ भन्ने मान्यता राख्दछ,” उनले भने ।

पुनःस्थापति संसद्ले मुलुकमा देखिएको अस्थिरता र पश्चगमनको बाटाहरुलाई रिाकरण गरेर समस्या समाधान गर्न नसकेको र बहुमतको सरकार गठन गर्ने पटक–पटकका अवसर खेर फालेकाले दोस्रो पटक संसद् विघटन गर्नुपरेको उनले स्पष्ट पारे । दोस्रोपटक मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री नेम्वाङले आफूले मुलुक र जनताप्रतिको दायित्व निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । विकास मन्त्रालयले गर्यो भन्ने समीक्षा निकाल्न सक्ने गरी काम कारबाही अघि बढाउन मातहतका कर्मचारीलाई निर्देशन दिए ।

उनले समयमा आयोजना छनोट नहुने, बजेट निकासा नहुनेलगायत समस्या देखिने गरेको भन्दै आगामी दिनमा समस्या आउन नदिन सबैलाई सचेत गराए । उनले लामो समयदेखि अड्किएर रहेको काठमाडौं उपत्यकाका स्मार्ट सिटी बनाउने निर्णयलाई कार्यान्वयन गर्ने तर्फ पनि सक्रिय ढंगले काम गर्न ध्यानाकर्षण गराएका छन् ।

“जति सक्दो छिटो छरितो ढंगले जनतालाई पुर्याउने सुविधाहरु र वार्षिक नीति र कार्यक्रमका लक्ष्यहरु प्राप्त गर्ने ढंगले लाग्नुभएको छ । सरकार सक्षम ढंगले, सही ढंगले त्यसको नेतृत्व गर्दछ र यहाँहरुलाई साथ दिन्छ,” उनले भने, “म आजको दिनमा यही कुराहरु राख्न चाहन्छु । अर्को आर्थिक वर्षमा सबैभन्दा बढी भौतिक र वित्तीय प्रगति सहरी विकास मन्त्रालयले गर्यो भन्ने समीक्षा निकाल्न सक्यौँ भने त्यहीँ नै सबैभन्दा ठूलो गौरवको विषय बन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...