२४ घन्टामा थपिए २,४७६ संक्रमित, ५,४५५ जना कोरोनामुक्त

काेराेना अपडेट

523

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ४ सय ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ५ सय ८६ आरटी पिसिआर र ४ हजार ७ सय ६५ एन्टिजेन गरी कुल १४ हजार ३ सय ५१ जनामा परीक्षण गरिएकोमा २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय १४ जना र भेन्टिलेटरमा २ सय १ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट ५ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ७६ हजार ४ सय १३ पुगेको छ । निको हुने दर ९१.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २७ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...