विमानस्थलको कार्गोबाट ल्यापटप चोरी गर्ने कर्मचारी पक्राउ

589

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाट ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक पाँच पोखरी थाङपाल गाउँपालिकाका २९ वर्षीय विष्णु अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

कार्गोमा विदेशबाट जेठ ७ र ११ गते आयात भएको ५ सय ७ वटा ल्यापटपमध्ये १३ वटा चोरी भएका थिए । प्रहरीको अनुसन्धानमा असार ३ गते ६ वटा र जेठ २० गते २० वाटा ल्यापटप चोरी गरेको देखिएपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी चन्द्र बहादुर खापुङले बताए ।

प्रहरीले ८ थान बरामद गरेको छ । नियन्त्रणमा लिएका अधिकारी नेपाल एयरलाइन्सको लोडर हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...