बलात्कारको प्रतिकार गर्दा सन्तोषीको हत्या भएको खुलासा

431

काठमाडौं । पशुपन्क्षीको आवाज निकालेर चर्चामा आएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकालीबाट एक बसका सहयोगी २८ वर्षीय सुरेश तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख चन्द्र कवेर खापुङले बिहीबार पत्रकार सम्मेलन गर्दै सन्तोषीको हत्या बलात्कारको प्रतिकार गर्दा भएको खुलेको जानकारी दिए ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भइ दक्षिणकाली बस्ने २९ वर्षीय सुरेस तिमिल्सिनाले असार ६ गते उनलाई बलात्कार प्रयास गरेका थिए ।

प्रहरीका अनुसार सन्तोषी हिँडिरहने स्वभावकी भएको खुलेको छ । उनी घरबाट निस्केपछि फर्पिङ पुगेर होटलमा बसेको खुलेको छ । अपराध महाशाखाका एक अधिकारीले भने,“उनी होटेलमा बसेको खुलेको छ । त्यहीँ बसेर चिया खाने क्रममा उनको ६ गते सुरेससँग भेट भएको देखिन्छ ।”

सन्तोषीले उक्त दिन आफूलाई बस्ने–खाने व्यवस्था नभएको बताएकी थिइन् ।

“सुरेशले उनलाई आफूले काम गर्ने बसमा बास मिलाइदिन्छु भनेका थिए । बसमा लगेर जबरजस्ती गर्न खोजेपछि सन्तोषीले प्रतिकार गर्दा सलले घाँटी कसेर उनको हत्यो भएका देखिन्छ,” एसएसपी खापुङले भने,“हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर छियाछिया पारेछन् ।”

पक्राउ परेका तिमिल्सिना बसमा सहचालकको काम गर्थे । हत्यापछि उनी काठमाडौंमा आएर लुकीछिपी बसेका थिए ।

प्रहरीले उनलाई काठमाडौ महानगरपालिका–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...